यसरी टर्‍यो अमेरिका र चीनबीचको व्यापार-युद्ध खतरा

एजेन्सी । चीन र अमेरिकाबीच आज एउटा सहमति भएसँगै दुई देशबीचको व्यापार युद्धको खतरालाई टरेको छ । वेईजिङले वासिङटनको ३ खर्ब ७५ अर्ब डलरको व्यापार घाटालाई कमि गर्न अमेरिकाबाट उल्लेखनीयरुपमा बस्तु सेवाहरु आयात गर्ने सम्झौतामा सहमत भएपछि दुई देशबीचको व्यापार युद्धको खतरा टरेको हो ।

वासिङटनमा दुई राउण्डको लामो वार्तापछि दुई देशले आइतबार बिहान एक अर्कामाथि व्यापार आक्रमण नगर्ने प्रतिबद्धता व्यक्त गर्दै संयुक्त विज्ञप्ती जारी गरेको हो ।

‘चीनसँग अमेरिकाको व्यापार घाटालाई न्युनिकरण गर्न प्रभावकारी उपाय अपनाउने सहमति भएको छ ।’ विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा चिनियाँ नागरिकहरुको बढ्दो उपभोग आवश्यकतालाई पुरा गर्न र उच्च गुणस्तर आर्थिक विकासलाई पुरा गर्न चीनले उल्लेखनीयरुपमा अमेरिकाको वस्तु तथा सेवा खरिदमा वृद्धि गर्ने बताइएको छ ।

यसले अमेरिकामा रोजगारी विकासमा सहयोग पुर्‍याउने बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु