ह्यारी र मेगनको विवाहमा बलिउडकी प्रियंका

बलिउड अभिनेत्री प्रियंका चोपडा बेलायती राजकुमार ह्यारी र अभिनेत्री मेगन मार्कलको विवाहमा सहभागी भएकी छिन्। हलिउड चलचत्रिमा समेत अाफ्ला कला प्रस्तुत गरिरहेकी प्रियंका बलिउडबाट विवाहमा सरिक हुने एक मात्र कलाकार हुन् । समारोहमा उनी फर्मल कपडामा सरीक भएकी थिइन्।

उनले हल्का खरानी रंगको कोट र पेन्सिल स्कर्ट लगाएकी थिइन्। हल्का वैजनी रंगको ह्याट लगाएकी उनी निकै आकर्षक रुपमा प्रस्तुत भएकी थिइन्। चोपडा र मेगन साथी हुन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु