पार्टी एकतापछि नयाँ वरियता, सत्तापक्षको सिटमा प्रचण्ड पहिलो नम्बरमा

काठमाडौं । एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनाएपछी संसदमा नयाँ वरियता कायम गरिएको छ  । एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनाएपछी संसदमा पनि जानकारी गराएका छन् ।

शुक्रबार बसेको संसद बैठकमा तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारीले पार्टी एकताबारे जानकारी दिएका हुन् । पार्टी एकतासंगै संसदमा पनि नयाँ वरियताक्रमअनुसार सिट मिलाइएको छ । सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा बसेका छन् ।  प्रचण्डपछि वरिष्ठ नेता माधवकुमार नेपालको सिट कायम गरिएको छ  ।

Comments

comments

सम्बन्धित शिर्षकहरु