विद्यार्थीका लागि विश्वको उत्कृष्ट सहर सूची सार्वजनिक,कुन-कुन परे अष्ट्रेलियाका ?(सूचीसहित)

अष्ट्रेलिया । विद्यार्थीका लागि अष्ट्रेलियामा उत्कृष्ट सहर सूची सार्वजनिक भएको छ । टप युनिभर्सिटीज डट कमका अनुसार, उक्त सहरमा रहेको विद्यार्थीको संख्या, सांस्कृतिक विविधता, शिक्षाको गुणस्तर, अवसर तथा सुविधा आदिको आधारमा सूची तयार गरिएको हो । टप युनिभर्सिटीज डटकमले सार्वजनिक गरेको उत्कृष्ट सहरको सूचीमा अष्ट्रेलियाका मेलबर्न र सिड्नी सहर परेका छन् ।

विद्यार्थीका लागि विश्वका उत्कृष्ट सहरको सुचीमा मेलबर्न तेस्रो स्थानमा छ भने सिड्नी सहर नवौं स्थानमा आएको छ । उक्त सुचीको पहिलो स्थानमा लन्डन र दोस्रो स्थानमा जापानको टोकियो सहर आएका छन् । अमेरिकाको बोस्टन सहर र क्यानाडाको टोरोन्टो सहर उक्त सूचिको १३ औं स्थानमा आएका छन् ।

उत्कृष्ट दश सहर :

१. लन्डन

२. टोकियो

३. मेलबर्न

४. मोन्टरियल

५. पेरिस

६. मुनिच

७. बर्लिन

८. जुरिच

९. सिड्नी

१०. सोल

 

Comments

comments

सम्बन्धित शिर्षकहरु