‘एभेन्जर्सः इनफिनिटी वार’ विश्वव्यापीरूपमा सर्वाधिक कमाइ गर्ने फिल्म

लसएञ्जलस । हलिउडको फ्रान्चाइज फिल्म ‘एभेन्जर्सः इनफिनिटी वार’ विश्वव्यापीरूपमा सर्वाधिक कमाइ गर्ने फिल्मको कीर्तिमान राख्न सफल भएको छ ।

रिलिज भएको तेस्रो साता नपुग्दै फिल्मले राम्रो व्यापार गर्ने पूर्वाअनुमान गरिएको थियो । फिल्मले ऐतिहासिकरूपमा नै सर्वकालीन व्यापार गर्ने पाँचौ सिनेमा बनेर सबैलाई चकित पारेको छ ।

फिल्मले हालसम्म १.६ बिलियन अमेरिकी डलर कमाइ गरिसकेको छ । सर्वाधिक व्यापार गर्ने फिल्मको सूचीको माथिल्लो क्रममा क्रमशः ‘अवतार’, स्टार वार्सः द फोर्स अवेक्नस’ तथा ‘जुरासिक वर्ल्ड’ फिल्म रहेका छन् ।

यसले सर्वाधिक छिटो एक बिलियन डलर कमाउने फिल्ममा ‘स्टार वार्सः द फोर्स अवेकन्स’लाई एक दिनले उछिन्न पनि सफल भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु