एयर प्युरिफिकेसन मेसिन बजारमा

काठमाडाैँ । ब्लु एयर कम्पनीले एयर प्युरिफिकेसन मेसिन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले १५ हजार देखि १ लाख सम्मको एयर प्युरिफिकेसन मेसिन नेपाली बजारमा ल्याएको हो। एयर प्युरिफिकेसन मेसिन विभिन्न क्षमताको रहेको कमपनीले बताएको छ। क्षमता अनुसार उक्त मेसिनले निश्चत दुरीमा रहेको हावालाई शुद्धता पार्ने काम गर्छ।

वायुमण्डलमा दिन प्रतिदिन बढ्दै गएको हावा प्रदुषणको मात्रामा आफु बसेको स्थानमा आउने नदिने काम उक्त मेसिनले गर्ने कम्पनीले जानाकारी दिएको । विशेषगरी कोठमा प्रयोग गर्न उपयुक्त आफना उत्पादनहरुमा हेपा फिल्टरेसन, हेपाजिङक र कार्वन फिल्टरेसन राखिएकाले हावामा रहेको धुलालाई रोक्ने क्षमता रहेको कम्पनीले जनाएको छ।

स्वीडेनको उत्पादन एयर प्युरिफिकेसन साना देखि ठुला ठुला कोठासम्मका लागी भन्दै तिन प्रकारका मेसिनहरु नेपाली बजारमा उपलव्ध गराइएको कमपनीले बताएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु