उत्कृष्ट युवा खेलाडी अवार्ड सन्दीपलाई, प्रशिक्षकमा जगत टमाटा

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी अवार्ड सन्दीप लामिछानेले जितेका छन् । क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै सन्दीपले वर्ष उत्कृष्ट अवार्ड जितेका हुन् ।
सन्दीप आईपीएल खेल्न भारतमा रहेकाले उनको अवार्ड विनोद दासले ग्रहण गरेका छन् ।

यस्तै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्षको उत्कृष्ट प्रशिक्षक नेपाल राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा भएका छन्। उनले क्रिकेटकै विनोद दास, फुटबलका छिरिंग लोप्साङ्ग, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्त कुमार श्रेष्ठलाई पछि पार्दै उपाधि जितेका हुन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु