युरोपा लिगको उपाधि एथ्लेटिको मड्रिडलाई

लियोन । फेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यानले दुई गोल गरेपछि स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युरोपा लिगको उपाधि जितेको छ। बिहीबार विहान सकिएको फाइनलमा भिडन्तमा एट्लेटिकोले फेञ्च क्लब मार्सेलीलाई ३-० गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो। एट्लेटिकोले पछिल्लो ९ वर्षमा तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो।

ग्रिजम्यानले २१ मिनेटमा गोल गरेर एट्लेटिकोलाई अग्रता दिलाए। ४९ मिनेट ग्रिजम्यानले दोस्रो गोल गर्दा एट्लेटिको २-० गोलले अघि बढ्यो। खेल सकिन एक मिनेट बाँकी छदा एट्लेटिकोका कप्तान गाबीले तेस्रो गोल गरे।

 

एट्लेटिकोले सन् २०१० र २०१२ मा पनि युरोपा लिगको उपाधि जितेको थियो। योसँगै एट्लेटिकोले सर्वाधिक उपाधि जित्ने अर्को स्पेनिस क्लब सेभिल्लाको रेकर्डसँग बराबरी गरेको छ। सन् २०१० देखि सुरु भएको प्रतियोगितामा सेभिल्लाले पनि तीन पटक उपाधि जितिसकेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु