एमाले र माओवादी केन्द्र पार्टी अब ईतिहासमा मात्र,एकता आज,यस्तो छ कार्यसूची

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार नै पार्टी एकताको घोषणा गर्ने सहमति भएको छ । एमालेको स्थायी समिति र माओवादी केन्द्रको कार्यालय बैठकले सहमतिलाई एकता समितिमा लगेर टुंगाउने निर्णय लिएका छन् ।

स्रोतका अनुसार नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहनेछ । ४४१ सदस्यीय एकीकृत पार्टीमा एमालेका २४१ र माओवादीका तर्फबाट २०० केन्द्रीय सदस्य रहनेछन् । नेताहरुले ४३ सदस्यीय स्थायी समिति बनाउने र भोलि नै दुवै पार्टीका केन्द्रीय समिति बिघटन गर्ने तयारी गरेका छन् । भोलि नै एकता संयोजन समिति बसेर सबै कुरा टुंगाउने तयारी भएको स्रोतले बतायो ।

नयाँ पार्टीको चुनाव चिन्ह सूर्य रहनेछ भने माओवादीले उठाउँदै आएको जनयुद्धको भावलाई विधान र प्रतिवेदनमा सम्मानजनक रुपमा समावेश गरिनेछ । एकता टुंगाएपछि भोलि नै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता हुने एक नेताले जानकारी दिए । रातभरिमा कुनै चमत्कार भएन भने भोलि दुई पार्टी एक हुने नेताहरुले दावी गरेका छन् ।
बिहीबार मदन भण्डारी स्मृति दिवस पारेर पार्टी एकताको घोषणा गर्ने र बिहीबार नै नयाँ एकिकृत पार्टी निर्वाचन आयोगमा दर्ता समेत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पार्टी एकता कार्यक्रमका लागि यस्तो छ बिहीबारको कार्यसूची :

१. विहान ८ बजे मदन स्मृति दिवस मनाउने ।

२. १० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने ।

३. ११ बजे एमालेको केन्द्रीय समितिको बैठक बस्ने ।

४. १ बजे माओवादी केन्द्रीय कार्यलय बैठक बस्ने ।

५. २ बजे सकेसम्म एकीकृत पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने ।

६. ४ बजे पत्रकार सम्मेलन गरेर एकताको घोषणा गर्ने ।

Comments

comments

सम्बन्धित शिर्षकहरु