दुईवटा दुर्घटनामा बाँचेका पाइलट किरणले तेस्रो पटक मृत्युलाई जित्न सकेनन्

काठमाडौं । सुर्खेतबाट सिमिकोटका लागि उडेको मकालु एयरको विमान हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकामा दुर्घटना हुँदा क्याप्टेन किरण भट्टराई र को पाइलट आदित्य नेपालीको मृत्यु भएको छ । नेपाली मकालु एयरका सञ्चालक फिजुनाथ नेपालीको एक मात्र छोरा हुन् ।

नाइन एन एयूजे कलसाइनको विमान सुर्खेत विमानस्थलबाट विहान ६ बजेर १२ मिनेटमा सिमिकोटको लागि उडेको विमान ६ बजेर २७ मिनेटमा अन्तिमपटक सम्पर्कमा आएको थियो । विहान हराएको विमान मध्याह्न १२ बजेको आसपास मात्र फेला पर्‍यो । दुर्घटनास्थल खार्पुनाथ सिमीकोट विमानस्थलबाट ७.७ नटिकल माइल दक्षिणपूर्व पर्छ। बिहान ६ः१२ बजे उडेको विमानको नेपालगन्ज टावरसँग ६ः२७ बजे अन्तिम सम्पर्क भएको नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षेत्रीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।

जहाज हराएको सूचना पाउने बित्तिकै नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजमा खटेको थियो। बाजुरा, मुगु र हुम्ला प्रहरीले आ–आफ्नो क्षेत्रमा खोजी गरेका थिए। तर, स्थानीयले जहाज देखेको सूचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो। टोलीले शव निकाल्न नसकेपछि सिमकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लिएर हेलिकोप्तर त्यसतर्फ गएको थियो। घटनास्थल समुद्री सतहदेखि १२,८०० फिट उचाईमा अवस्थित छ। विमानका चालक किरण र सहचाल आदित्यको शव हेलिकप्टर मार्फ सुर्खेत हुँदै काठमाडौं ल्याइएको छ । दुर्घटनामा दुईपटक बाँचेका थिए पाइलट पाइलट किरण यसअघि दुईवटा दुर्घटनामा बाँच्न सफल भएका थिए ।

पहिलो दुर्घटना सन् २०१३ को जुन १ अर्थात् २०७० सालको जेठ १८ मा उनी नेपालगञ्जबाट हुम्लाको सिमिकोटका लागि उडान भर्दै थिए । तत्कालीन समयमा उनी सीता एअरलाइन्समा कार्यरत थिए । सीता एअरको नाइन एन एनएचबी कलसाइनको विमानमा ५ जना यात्रु बोकेर उनी सिमिकोट जाँदै थिए । उनको साथमा कोपाइलट दिपक शाह समेत थिए । तर, जब बिहानको ७ः१० मिनेट जाँदा विमान सिमिकोटमा अवतरण गराउन खोजियो, विमानले सन्तुलन कायम राख्न सकेन र बायाँ पंखाले धावनमार्गमा छोयो ।

बायाँ पंखाले धावनमार्गमा छोए लगत्तै विमान पूरै अनियन्त्रित भयो र त्यसपछि दायाँ पंखाले समेत भुई छोयो र विमानको अन्य भागमा समेत क्षति पुग्यो । त्यो दुर्घटना धावनमार्गमै भएका कारण तत्कालै उद्धार भयो र आगलागी हुन पाएन । जसका कारण चालक दलका दुई सदस्यसहित सबै यात्रुहरु सकुशल बच्न सफल भए ।

दोस्रो दुर्घटना आज भन्दा ठीक ३५ दिन अगाडि अर्थात् २०७४ चैत २६ (९ अप्रिल २०१८) गते पनि क्याप्टेन किरण भट्टराई अर्को सम्भावित ठूलो दुर्घटनाबाट जोगिएका थिए । मकालु एअरको नाइन एन एजेजी कलसाइनको विमान हुम्लाको सिमिकोटबाट सुर्खेतमा उडान भरिरहेका थिए । विमान स्टार्ट गरेर सिमिकोटको रनवेमा गुडाउन थालिसकेका थिए । विमान १५ मिटर अगाडि बढिसकेको थियो ।

विमानमा चालक दलका दुई सदस्यसहित १० जना यात्रु गरी १२ जना सवार थिए । तर, जब विमान रनवेमा गुड्न थाल्यो, क्याप्टेन किरण भट्टराईले विमानको हाइड्रोलिकमा समस्या भएको पत्ता लगाए र टेक अफ गर्ने लागेको बेला अकस्मात् विमान रोके र इञ्जिन बन्द गरे । त्यतिबेला पनि यदि उनले समस्या पत्ता लगाउन नसकेको भए त्यतिबेलै ठूलो दुर्घटना हुन सक्दथ्यो ।

यद्यपि त्यतिबेला उनको चलाखीले आफूसहित अन्य ११ जनाको ज्यान जोगाएका थिए । मकालु एयरको विमान हुम्लाबाट सुर्खेतका लागि उडान भर्न लागेको समयमा टेक अफ (उड्न तयार) थियो । रनवेमा गुडिरहेको विमानमा उनले समस्या भएको थाहा पाए । तत्काल उडान रोके । विमानले उडान भरेको भए त्यससयम ठूलै दुर्घटना हुने समाचारहरु सार्वजनिकभएका थिए । विमानमा चालक दलका दुई सदस्यसहित १२ जना सवार थिए । तर आज उनको विमान दुर्घटना हुनबाट जोगिएन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु