मकालु एयर विमान दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याइयो

काठमाडौं । हुम्लामा बुधबार बिहान भएको मकालु एयरको विमान दुर्घटनामा मृत्यु भएका चालक दलका सदस्यको शव काठमाडाैं ल्याइएको छ । उक्त विमान दुर्घटनामा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपालीको निधन भएको थियो ।

उनिहरको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको हो। शव अाएपछि मृतकका आफन्त अस्पताल पुगेका छन्।

बुधबार  बिहान ६:१२ बजे सुर्खेतबाट हुम्लाका लागि  उडेको ९एन-एजेयु कलसाइन विमान हुम्लाको खार्पुनाथ गाउँपालिकामा दुर्घटनाग्रस्त भएको थियो।  खराब मौसमका कारण आपतकालीन अवतरण गराउन खोज्दा विमान दुर्घटनामा परेको बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु