अक्षय कुमारको फिल्म ‘केसरी’को सेटमा आगलागी

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार यतिबेला फिल्म ‘केसरी’मा व्यस्त छन् । केही दिन अगाडी उनको फिल्म सेटमाथि आगलागी भएको छ । रिपोर्ट्सका अनुसार फिल्मको एक सीन शूटिङ गर्ने क्रममा सेटमा आगो लागेको हो र सबै जलेर नष्ट भएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन ।

आगलागी भएको क्षेत्रमा इन्सुरेन्स कम्पनीले निरीक्षण गरिसकेको बताइएको छ । बताइएअनुसार निर्माताको लगभग ८ करोडको नोक्सान भएको छ । प्रोडक्शन हाउसले इन्सुरेन्स कम्पनीसँग क्षतिको दाबी गरिसकेको छ ।

यस फिल्मलाई अनुराग सिंहले निर्देशन गरिरहेका छन् भने करण जोहरको धर्मा प्रोडक्शन फिल्मले प्रोड्युस गरिरहेको छ । इस फिल्म को अनुराग सिंह डायरेक्ट कर रहे हैं। वहीं करण जौहर का धर्मा प्रोड्क्शन फिल्म को प्रोड्यूस कर रहा है । फिल्म युद्धमा आधारित छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु