न अनिल कपुर न सन्जय दत्त यी क्रिकेटरसँग प्रेम गर्थिन् माधुरी दिक्षित

एजेन्सी । आफ्नो मोहक मुस्कान र बेजोड अभिनयले करोडौंको दिलमा बस्न सफल बलिउडकी अभिनेत्री माधुरी दिक्षितको मंगलबार जन्मदिन परेको छ । माधुरीको सुन्दरता र अभिनयमा नतमस्तक उनलाई चाहानेहरुको सूची बलिउडमा निकै लामो छ  ।

सन्जय दत्त, अनिल कपुरजस्ता दिग्गज अभिनेतासँग आफ्नो नाम जोडिए पनि माधुरी भने रंगिन दुनियाँभन्दा बाहिरका एक सिताराप्रति मन्त्रमुग्ध थिइन् । माधुरीले भारतीय क्रिकेट टिमका प्लेयर अजय जडेजासँग प्रेम गरेकी थिइन् ।

धेरैजना अभिनेताहरुसँग माधुरीको नाम जोडिएपनि उनको आशक्ति भने अजेय जडेजाप्रति थियो । एक मेगजिनको फोटोशूट दौरानमा उनीहरुको भेट भएको थियो । पहिलो भेटमै माधुरी र अजयको अफेयरको हल्ला चलेको थियो ।

माधुरीसँग नाम जोडिएपछि अजेयले फिल्म क्षेत्रमा प्रवेश गर्ने चर्चा पनि त्यसबेला चलेको थियो । माधुरीले एकजना प्रोड्युशरसँग पनि अजयका लागि शिफारिस गरेकी थिइन् । तर माधुरीसँग अफेयर चल्न थालेपनि त्यसको असर अजयको खेलमा पर्‍यो र उनको पर्फमेन्समा लगातार गिरावट आयो । अजयले खेलमा असर परेपछि उनको परिवारजन रिसाएका थिए र खेलमा ध्यान दिन उनलाई सल्लाह दिए । खबरहरुका अनुसार जडेजा राज खान्दानका थिए र माधुरी मध्यमवर्गिय परिवारकी थिइन् । यसकारण अजयका परिवार माधुरीलाई आफ्नो बुहारी बनाउन राजी थिएनन् ।

यसैबीच अजयको नाम अजहरुद्दीनको साथ म्याच फिक्सिङमा आयो । यसकारण माधुरीले अजयसँग आफ्नो सम्बन्ध तोडिन् । पछि माधुरीले चिकित्सक डा श्रीराम माधव नेनेसँग विवाह गरिन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु