अष्ट्रेलियाको भिसामा नयाँ परिवर्तनको संकेत,अब आउँदैछ यस्तो नियम

अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले भिसामा नयाँ परिवर्तन ल्याउने तयारी थालेको छ । बहुसांस्कृतिक मन्त्री एलन टजले रिजनल स्किल भिसामा परिवर्तन ल्याउन लागिएको बताएका हुन् । रिजनल स्किल भिसा लिनेहरुलाई स्थायी अनुमती पाएपनि ग्रामिण भेगमै बस्नुपर्ने नियम ल्याउने तयारीको संकेत देखिएको हो ।

रिजनल भिसामा काम गर्न जानेहरु सुरुमा ग्रामिण भेगमै काम गर्छन् । स्थायी बसोवासको अनुमति पाउनासाथ उनीहरु शहरी क्षेत्रतिर बसाइ सर्छन् । यसो गर्दा अष्ट्रेलियाको ग्रामिण भेगमा संचालन भइरहेका उद्ध्योग तथा संघ संस्थाले गुनासो पोखिरहेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु