चर्चित फुटबल स्टार म्याराडोना डाइनामो ब्रेष्टका चेयरम्यान

काठमाडौं । चर्चित फुटबल स्टार डिएगो म्याराडोना बेलारुसको फुटबल क्लव डाइनामो ब्रेष्टका चेयरम्यान भएका छन् । उनलाई क्लवले प्रमुखको जिम्मेवारी सुम्पेको हो । युएईको फुटबल प्रशिक्षकको भूमिका छाडेको केही समयमै म्याराडोनालाई बेलारुस जाने अवसर मिलेको हो ।
युएईले उनको कार्यकाल नथपेपछि खाली रहेका थिए । तर उनी धेरै खाली हुनै परेन । काम पाइहाले । रुस विश्वकप सकिएपछि उनले ब्रेष्टमा काम सम्हाल्नेछन् ।म्याराडोनाले अब डाइरेक्टरको बक्समा गएर आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । ५७ वर्षीय म्याराडोनाले इन्स्टाग्राममा  फोटो पोष्ट गर्दै भनेका छन्, ‘विश्वास र मप्रतिको सोचप्रति धन्यबाद ।’ म्याराडोना तीन वर्षका लागि ब्रेष्टमा रहने पत्रमा सम्झौता भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु