निर्माणाधिन पुल भाँच्चिदा १२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

एजेन्सी । भारतीय राज्य उत्तर प्रदेशको बनारस (वाराणसी)मा एक निर्माणाधिन पुल (फ्लाइओभर)को एक हिस्सा सडकमा खस्दा १२ जनाको मृत्यु भएको छ । घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

फ्लाइओभरको निर्माण क्यान्ट रेलवे स्टेशनको अगाडि गरिँदै थियो । दुर्घटना भएको क्षेत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र हो । निर्माणाधिन पुलका हिस्सा भाँचिएर सडकमा गुडिरहेका गाडीमाथि खसेको थियो । पुलको हिस्सा खस्दा सडकमा रहेका गाडी तथा मानिसहरु थिचिएका थिए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उद्दार कार्यका लागि पहल थालिएको बताएका छन् । मुख्यमन्त्री आदित्यनाथले घटनाप्रति दुःख जनाउँदै तत्काल राहत र उद्दारको कार्यमा जुट्न मातहतका निकायलाई निर्देशन पनि दिएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु