मेलानिया ट्रम्पको मिर्गौलाको शल्यक्रिया

एजेन्सी । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको मिर्गौलाको शल्यक्रिया गरिएको छ। सोमबार वाशिंगटन डिसीनजिकै रहेको वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरमा उनको शल्यक्रिया गरिएको हो।

उनको कार्यालयका अनुसार मेलानियालाई हानिरहित तर चिकित्सकीय सावधानी अपनाउनुपर्ने मिर्गौलाको समस्या थियो। सोमबार बिहान उनको मिर्गौलाको ‘एम्बोलाइजेसन प्रसिडर’ सफलतापूर्वक सम्पन्न गरिएको जनाइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रथम महिलाका शुभेच्छुकहरुलाई धन्यवाद दिएका छन्। मेलानिया गत महिना ४८ वर्ष प्रवेश गरेकी छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु