परमाणु सम्झौताबाट अमेरिका बाहिरीएपछि अनिश्चितताको अवधि उत्पन्न हुन्छ : नौसैनिक

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौताबाट बाहिरीने निर्णय गरेपछि उसका नौसैनिकहरुले खाडी क्षेत्रमा इरानको व्यवहारलाई नजिकबाट नियालीरहेको सोमबार नौसैनिक प्रमुखले बताएका छन् । त्यहाँ अनिश्चितताको अवधी उत्पन्न हुनसक्ने बताउँदै उसले सतर्कताको स्तर बढाएको सैनिक प्रमुखले बताए ।

‘हामी अहिले अनिश्चितताको अवधिमा प्रवेश गर्दैछौं, विश्वले यो पछिल्लो परिवर्तनलाई कसरी प्रतिक्रिया दिनेछ ।’ अमेरिकी जल अपरेशनका प्रमुख एडमाइरल जोन रिचर्डसनले पत्रकारहरुसँग भने । अमेरिका र फ्रान्सले संयुक्त सैन्य अभ्यास गरिरहेको भर्जिनिया तटमा एयरक्राफ्ट बाहक जर्ज एच डब्ल्यु बुस जहाजको भ्रमण गरेपछि उनले पत्रकारहरुसँग त्यसो भनेका हुन् ।

उनले ट्रम्पको त्यस्तो घोषणा पछि पनि खाडीमा इरानको कुनै किसिमको उत्तेजक व्यवहार नदेखिएको तर उसमाथि कडा निगरानी गरिरिहेको बताएको छ । ट्रम्पले पछिल्लो हप्ता उक्त सम्झौताबाट बाहिरीने निर्णय सुनाएका थिए । ट्रम्पको उक्त निर्णयले उसका युरोपेली साझेदारहरुलाई निराश बनाउनुका साथै विश्विक तेल व्यापारमा अनिश्चितता र मध्ये एसियामा द्वन्द्धको खतरा बढाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु