इजरायली सेनाद्वारा २५ प्यालेस्टाइनी प्रदर्शनकारीको हत्या

एजेन्सी । इजरायलस्थित अमेरिकी दूतावास जेरुसलेम सार्ने दिन इजरायली सेनाले गाजामा गोली हानी कम्तीमा २५ प्यलोस्टाइनी प्रदर्शनकारीको हत्या गरेको छ। दूतावास सार्ने निर्णयपछि गाजामा जम्मा भएका प्यालेस्टाइनीहरुले प्रदर्शन उग्र बनाएका छन्।

सो क्रममा अन्य ९ सय घाइते भएका छन्। प्यालेस्टाइनी सरकारले गाजामा ‘भयानक नरसंहार’ गरेको आरोप इजरायलमाथि लगाएको छ। दूतावास सार्ने कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपुत्री इभान्का र उनका पतिसहित उच्च अमेरिकी अधिकारी उपस्थित हुँदैछन्।

गाजामा शासन गरिरहेको हमासले ६ साता लामो मार्च गरिरहेको छ। यस क्रममा इजरायली सेनाको गोलीबाट ६० भन्दा बढीको ज्यान गइसको छ। मारिनेमा बालक, पत्रकारसमेत छन्। इजरायलले सन् १९६७ देखि पूर्वी जेरुसलेममा कब्जा जमाएको छ। यसलाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन। तर गत वर्ष ट्रम्पले आफ्नो दूतावास जेरुसलेम सार्ने घोषणा गरेका थिए।

ट्रम्पको यो कदमपछि मध्यपूर्वमा अमेरिकाले मध्यस्थताको भूमिका छोडेको आरोप लागिरहेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु