जनकपुरमा झण्डाको विषयमा ४ कर्मचारीलार्इ सोधियो स्पष्टिकरण

काठमाडाैँ । शनिबार जानकी मन्दिर परिसरमा राखिएको राष्ट्रिय झण्डाको आकार र प्रकार किन फरक राखिएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ४ कर्मचारीलार्इ स्पष्टिकरण सोधेको छ।

प्रदेश-२का निमित्त मुख्यसचिव हरि फुयाँल, २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव देवीराम भण्डारी, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत मदन भण्डारीलाई सोमबारको मन्त्री स्तरीय निर्णयबाट स्पष्टिकरण सोधिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको हो।

मन्त्रालयले उनीहरुलाई जानकी मन्दिरमा नेपालको राष्ट्रिय झण्डा, नेपालको संविधान २०७२ को अनुसूची–१ मा उल्लेख भएअनुसार आकार र रुपमा नभई फरक आकार र रुपमा देखिन आएको र निर्धारित स्वरुपभन्दा फरक आकार भएको झण्डा बनाउन किन दिइयो भनेर सोधेको छ। ती अधिकृतहरुलाई मन्त्रालयले के–कसरी र कसको लापारवाहीले फरक आकार र रुपको राष्ट्रिय झण्डा राखिएको हो भन्दै तीनदिनभित्र लिखित जवाफ मागेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु