भारतमा आँधीका कारण ६२ को मृत्यु, अझै ७२ घण्टासम्म निरन्तर रहने

एजेन्सी । आइतवार भारतमा गैरहेको धूलो युक्त आँधीहूरीका कारण उत्तर प्रदेश, पश्चिम बंगाल, आन्ध्र प्रदेश र दिल्लीमा ६२ जना मानिसहरु मारिएका छन् । तीव्र गतिको हावा हुरीसँग परेको पानी र चट्याङले रुखहरु लडाउनुका साथै रेल तथा उडान सेवाहरुलाई अवरुद्ध पारेको छ ।

उत्तर प्रदेशमा ३८, पश्चिम बंगालमा १२, आन्ध्र प्रदेशमा नौ जना र राजधानी दिल्लीमा तीनजना मानिसहरु मारिएको भारतीय समाचार संस्था पिटिआइले जनाएको छ । भारतीय मौसम पूर्वानुमान महाशाखाको अनुसार वर्षाको साथमा आएको तिब्र आँधी अझै ७२ घण्टासम्म निरन्तर रहने छ । तर आँधीको गति भने केही कम हुने बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु