अमेरीकाको न्यु ह्याम्सायरमा एक विशेष सकारात्मक उत्प्रेरणा तथा योग शिविर सम्पन्न्

न्यु ह्याम्सायर । अमेरीकाको न्यु ह्याम्सायरमा एक विशेष सकारात्मक उत्प्रेरणा तथा योग शिविर संचालन गरीएको छ । लेखक कवि एवं साहित्यकारहरूका लागी कसरी सकारात्मक रचना लेख्न सकिन्छ र कसरी स्वस्थय बन्न सकिन्छ भन्ने बारेमा अन्तराष्ट्रीय नेपाली साहित्य समाजले यस्तो सकारात्मक लेखन शिविर संचालन गरेको हो ।

अाचार्य राजन शर्मा अर्थात योग गुरू भिमसेन सापकोटाले सो कार्यक्रममा सकारात्मक सोच सम्बन्धी प्रस्तुती दिनु भएको थियो । शुद्ध विचार नै शुद्ध लेखनको कडि हो भन्दै, अक्षरहरू विचारका उर्जा हुन्, जबसम्म विचार शुद्धिकरण हुँदैन तबसम्म साहित्यकारले सिर्जाउने काव्य पनि शुद्ध हुँदैन भन्दै लेखक साहित्यकारहरूलार्इ समाज रूपन्तरणकालागी पहिला अाफु बद्लिन र अाफु बद्लिएपछि सकारात्मक सिर्जना सिर्जाउन उहाँले अाव्हान गर्नुभयो । कार्यक्रममा जिवन छोटै होस तर रमाइलो होस एक पटकका लागी होइन सँधैका लागी बाँचियोस भन्दै लेखक कलाकार तथा विश्वभरबाट अाउनुभएका सहित्यकारहरूलार्इ अाचार्य राजन शर्माले उत्प्रेरीत गर्नुभएको थियो ।

यसका साथै स्मृती तथा मनोबल वृद्दि हुने योगका मुद्राहरू तथा अासनहरूलार्इ समेत कार्यक्रममा प्रस्तुत गरीएको थियो । अमेरीकी गर्भनर न्यु ह्यामसायरका क्रिस्टोभर टि सुनुनुको प्रमुख अातित्थ्यतामा अायोजना भएको सो कार्यक्रममा विचिन्न देशका साहित्यकार सर्जकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा रचनावाचन तथा च्याप्टरहरूको प्रगति विवरण लगायत विविध कार्यक्रम सम्पन्न भएका थिए । सकारात्मक लेखन साहित्यमा एक अपरीहार्य वस्तु भएको तथ्यलार्इ सो अवशरमा चर्चा गरीएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु