यसरी बित्नेछ ज्ञान–विज्ञानका महापण्डित शंकराचार्य निश्चलानन्द सरस्वतीको नेपाल भ्रमण

काठमाडौं । जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती नेपालको साताव्यापी धार्मिक यात्रामा आएका छन् । सोमबार बिहान उनले पशुपतिनाथ मन्दिरमा वैदिक विधिअनुसार विशेष पूजा गर्नेछन् । पूजापछि पशुपतिको शंकराचार्य मठमा उनको विश्रामको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिमा विशेष पूजा र विश्रामपछि हंसमण्डपमा शंकराचार्य निश्चलानन्द सरस्वतीले प्रवचन दिनुहुने कार्यक्रम रहेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

जेठ १ गते मंगलबार टुँडिखेलमा शंकराचार्यको नागरिक अभिनन्दन गरिनेछ । नागरिक अभिनन्दनपछि उनले टुँडिखेलमा पनि प्रवचन दिनेछन् । जेठ २ गते बुधबार त्रिभुवन विश्वविद्यालय संस्कृत विभागले कीर्तिपुरस्थित स्मृति हलमा आयोजना गर्ने कार्यक्रमलाई शंकराचार्य निश्चलानन्द सरस्वतीले सम्बोधन गर्नेछन् ।

जेठ ४ गते भरतपुर र ६ गते वीरगञ्जमा आयोजना हुने कार्यक्रममा पनि उनले प्रवचन गर्नेछन् । आद्य शंकराचार्यले बसालेका चार मठमध्ये गोवद्र्धन मठ एक हो । अन्य तीन मठमा श्रृंगेरी, द्वारका र ज्योतिर्मठ छन् । निश्चलानन्द गोवद्र्धन मठका १४५औँ शंकराचार्य हुन् ।

यसअघि विसं २०५४ मा तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको निमन्त्रणामा जगद्गुरु शंकराचार्य जयेन्द्र सरस्वती नेपालको धार्मिक यात्रामा आएका थिए । यसपटक पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले शंकराचार्य निश्चलानन्द सरस्वतीलाई धार्मिक पर्यटनका लागि नेपाल आमन्त्रण गरेका हुन् ।

शंकराचार्यको स्वागत एवं विभिन्न स्थानमा हुने कार्यक्रमको व्यवस्थापन तथा संयोजनका लागि जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वती नागरिक स्वागतार्थ मूल आयोजक समिति गठन गरिएको छ । समितिले सोमबार र मंगलबार अपराह्न ३ बजे कमलपोखरीस्थित अग्रवाल भवनमा धर्मसभाको आयोजनासमेत गरेको छ ।

वैशाख ३१ गते दिउँसो ११ बजे उहाँले पशुपति क्षेत्र विकास कोषबाट हुने वनकाली हंसमण्डपमा अभिनन्दन समारोहमा सहभागी हुनुहुनेछ । जेठ १ गते दिउँसो ११ बजे टुँडिखेलमा नागरिक अभिनन्दन पछि सोही दिन साँझ ५ बजे अग्रवान भवनमा धार्मिक संगोष्ठीमा सहभागी हुनुहुनेछ ।

जेठ २ गते दिउँसो ११ः३० बजे त्रिभुवन विश्वविद्यालय सभाकक्षमा धार्मिक संगोष्ठी प्रश्नोत्तर कार्यक्रममा पनि शंकराचार्य सहभागी हुनुहुनेछ । सोही दिन साँझ पाँच बजे अगैवान भवनमा अनुगमन गोष्ठी र समिक्षामा सहभागी हुनुहुनेछ ।

जेठ ३ गते दिउँसो ११ बजे हवाईमार्गबाट चितवन प्रस्थान गर्नु हुनेछ । उहाँको आवास मनोकामना टोलमा हुनेछ । त्यस्तै गरी जेठ ४ गते ११ः ३० बजे उहाँको चितवनमा पनि नागरिक अभिनन्द हुनेछ । स्वामी शंकराचार्यले सोही दिन ४ बजे आध्यात्मिक संगोष्ठीमा प्रवचन दिनुहुनेछ । जेठ ६ गते वीरगञ्ज प्रस्थान गर्नु हुनेछ । जेठ ७ गते पनि उहाँको वीरगञ्जमा नागरिक अभिनन्दन हुनेछ । जेठ ८ गते रक्सौल हुँदो भारत प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

को हुन् निश्चलानन्द सरस्वती ?

– गोवद्र्धन मठ–पुरी पीठाधीश्वर श्रीमज्जगद्गुरु पुज्यपाद शंकराचार्य स्वामी निश्चलानन्द ‘शंकराचार्य गुरु परम्परा’का १४५ औं शंकराचार्य हुनुहुन्छ ।
– उहाँ सन् १९९२ देखि जगद्गुरु शंकराचार्य भएका हुनुहुन्छ ।

– उहाँ ज्ञान र विज्ञान दुवै विषयका ज्ञाता हुनुहुन्छ ।

–उहाँका १६१ विख्यात कृतिहरु प्रकाशित छन् ।

– अक्सफोर्ड र हावर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले उनीसँग पुरी–उडिसामा पुगेर वैदिक गणित विषयमा ज्ञान हासिल गर्ने गरेका छन् ।

–उहाँ सनातन सिद्धान्तका बारेमा सम्पूर्ण शुद्धतापूर्वक उद्भासित हुनुहुन्छ ।

– नेपाल स्वतन्त्र रहे मात्र भारत स्वतन्त्र रहने हो, नेपालको सनातन मूल्य परम्परा जीवन्त रहे मात्रै भारतको सनातन मूल्य परम्परा जीवन्त रहन सक्ने हो भन्ने उनको महान विचार छ ।

– उहाँका ग्रन्थहरुमध्ये शिवावतार, सार्वभौमिक सनातन सिद्धान्त, विश्वशान्तिका सनातन शिद्धान्त, बौद्ध सिद्धान्त र वेतान्त, गणित दर्शन, स्वस्तिक गणित, श्री गीतासुधा, श्री राधासुधा, गर्व से कहें हम हिन्दू हैं जस्ता विख्यात छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु