अमेरिकी गभर्नरको प्रमुख आतिथ्यमा अनेसास च्याप्टर सम्मेलन न्यु ह्याम्सायरमा सुभारम्भ

२०१८ मे ११ का दिनबाट सुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दोस्रो च्याप्टर सम्मेलन न्यु ह्याम्सायरमा भव्यताका साथ सुरु भएको छ । कार्यक्रमको सुरूवात न्यु ह्याम्सायर च्याप्टर अध्यक्ष कृष्ण गिरिले गरेका थिए ।पहिलो दिनक विभिन्न देशबाट आएका च्याप्टर प्रतिनिधिहरूले एक अापसमा चिनापर्चि तथा परीचय गरेका थिए । पहिलो दिनको अन्तमा केक काटी अनेसास च्याप्टर सम्मेलन मनाइएर गरीएको थियो ।

यस्तै दोस्रो दिन मे १२ का दिन कङ्कोड न्यु ह्याम्सायरमा अमेरिकाको न्यु ह्याम्सायर राज्यका गभर्नर क्रिस्टोभर टि सुनुनुको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको थियो । कार्यकक्रममा अतिथिहरू स्थानीय सिनेटर डान फेल्टेस, सिनेटर डेबिट वाटर, अनेसास ट्रस्टी अध्यक्ष डा. श्याम कार्की, अनेसास पूर्व अध्यक्षहरू किरण ढुंगाना, मोहन सिटौला, गीता खत्री तथा कार्यक्रम संयोजक कृष्ण गिरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गभर्नर सुनुनुले शुभकामना व्यक्त गर्दै अप्रबासीहरुले अमेरिकाको उन्नति र विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताए । सिनेटरहरु डान फेल्टेस, डेबिट वाटरले कार्यक्रमको सफलताको कामना गर्दै आफूहरूलार्इ यस प्रकारको साहित्यिक कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा पूर्व अध्यक्ष गीता खत्री, अनेसास ट्रस्टी अध्यक्ष डा. श्याम कार्कीले शुभकामना व्यक्त गरेका थिए भने अनेसास न्यु ह्याम्सायर च्याप्टर संरक्षक उमेश कोइरालाले पहिलो सत्रमा उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको समापन अनेसास केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले गरेका थिए ।

 क्यानडाबाट आएका साहित्यकार तथा पत्रकार डा. गोविन्द सिङ रावतले दोस्रो सत्रको काव्य गोष्ठीको सभापतित्व गरेका थिए भने सञ्चालन उपाध्यक्ष द्वय प्रकाश पौडेल मेल र प्रकाश नेपालले गरेका थिए ।

काव्य गोष्ठीमा कविहरू निगम रिमाल, सुरेश वाग्ले, गायत्राी पौडेल, तारदेबी न्यौपाने, पदम श्री, रामचन्द्र भण्डारी, हेमराज शास्त्री, महेश्वर पन्त, नारायण अधिकारी, राजकुमार पुडासैनि, हरि कुमार गुरुङ, मुक्ति गौतम, निजानन्द मल्ल, पुष्पमान जोशी, अनु शाह, सुन्दरी गुरुङ, दीप राई पुन, प्रा डा हरि कोइराला, दिलु सिन्जाली, कृष्ण कुसुम, सुशील नेपाल, हरि काफ्ले अच्युत अधिकारी, विकास बिश्ठ , अग्नि पराजुली, यम पौडेल, डा मणि पनेरु, भिमसेन सापकोटा, उशा शर्मा, सकुन ज्ञवाली, उर्मिला देबकी, गण्डकी पुत्र, राम लामा अबिनासी, भिमसेन सापकोटा, गणेश घिमिरे, ललित छेत्री, सर्बज्ञ वाग्ले, हरि कोइराला, काशिराज पाण्डे, गोभर्धन पूजा, शारदा पाठक, कृष्णराज खनाल, पेमा शेर्पा, सुरेश पोखरेल, प्रकाश चन्द्र घिमिरे, डन कार्की, डा दुर्गा गिरी, लाल गोपाल सुबेदी, प्रकाश नेपाल, डा गोविन्द सिङ रावत, राधेश्याम लेकाली, गुणराज लुइटेल, सगुन लुइटेल, सिमरन पौडेल, किसान सिंह धामी, पुनम काफ्लेले लगायतले कविता तथा गजल वाचन गरेका थिए ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु