नेपाललार्इ अष्ट्रेलियाकाे २ अर्ब ५० करोड सहयोग

अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले हरेक बर्ष नियमित रुपमा दिँदै आएको वैदेशिक सहयोग यस वर्ष पनि नेपाललाई दिन लागेको छ । अष्ट्रेलियाको सरकारले नेपाललाई २ अर्ब ५० करोड सहयोग गर्ने भएको हो ।

केही दिनअघि अष्ट्रेलियाका ट्रेजरर स्कट मरिसनले संसदमा प्रस्तुत गरेको बजेटमा सहयोग रकम प्रस्तुत गरिएको थियो । यस आर्थिक बर्षमा ३० दशमलव ६ मिलियन डलर अर्थात करिब २ अर्ब ५० करोड रुपैया सहयोग गर्ने घोषणा गरेको हो ।

बजेटमा उल्लेख भए अनुसार नेपालमा ६ वटा शीर्षकमा सो रकम दिन लागेको हो । जसमध्ये नेपालले १५ दशमलव ६ मिलियन डलर करिब १ अर्ब २४ करोड रुपैया सहायता पाउनेछ भने अन्य रकम बिभिन्न उपशिर्षकबाट सहयोग स्वरुप उपलब्ध हुनेछ ।

नेपालमा प्रान्तीय सरकारलाई सघाउन ४ बर्षमा करिब १ अर्ब ६० करोड खर्च गर्न समेत सुझाएको छ ।

अष्ट्रलिया सरकारले सबैभन्दा धेरै ३८ दशमलव १ प्रतिशत शिक्षा शिर्षकमा प्रदान गरेको छ भने प्रभावकारी सरकार सञ्चालन शिर्षकमा २४ दशमलव ५ प्रतिशत छुट्टयाइएको छ । त्यस्तै ब्यवसाय र पुर्वाधार निर्माणमा १५ दशमलव ६ प्रतिशत रकम दिने भएको छ ।

यस वर्षको सहयोग रकम गतबर्षको भन्दा १ दशमलव ३ मिलियन डलर करिब १० करोड रुपैयाले कम गरेको हो ।

अष्ट्रेलियाले समग्र दक्षिण तथा पश्चिम एसियाली मुलुकहरुलाई भने २ सय ८४ दशमलव ८ मिलियन डलर सहयोगको घोषणा गरेको छ । जसमा सबैभन्दा धेरै अफगानिस्तानले ८० दशमलव २ मिलियन डलर पाउनेछ भने बंगलादेशलाई ५९ दशमलव ८ मिलियन डलर सहयोगको घोषणा गरिएको छ । सबैभन्दा कम माल्दिभ्सलाई २ दशमलव ६ मिलियन डलरको सहयोग छुट्टयाइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु