सिमाक्षेत्रमा भएको झडपमाथि चीनको भर्त्सना

एजेन्सी । चीनले आइतवार उसको सिमा नजिक म्यानमार सैनिक र त्यहाँका साम्प्रदायिक विद्रोहीबीच भैरहेको द्वन्द्धको भर्त्सना गरेको छ । द्वन्द्धमा १९ जना मारिएका छन् भने अन्य चीनक्षेत्र तिर भागेका छन् ।

म्यानमार सैनिक लगातार विभिन्न साम्प्रदायिक समूहसँग द्वन्द्ध गर्दै आइरहेको छ । सैनिकले ती अल्पसंख्यामा रहेका समूहहरु म्यानमारको अन्तराष्ट्रिय व्यापार प्रवाह हुने ठूला क्षेत्रहरुमा आफ्नो स्वयत्तता माग गर्दै लडिँरहेको बताउँदै आएका छन् ।

म्यानमार सरकारले शनिवार ती साम्प्रदायिक विद्रोहीहरुले १९ जना मानिसहरु मारेको बताएको छ । मारिनेमध्ये चारजना सुरक्षाबलका सदस्य र १५ नागरिकहरु रहेको उसको भनाई छ । उक्त झडप चीनसँगको प्रमुख सिमा गेटको नजिक भएको थियो ।

उक्त झपडलाई भर्त्सना गर्दे म्यानमारस्थित चिनियाँ दूतावासले आफ्नो वक्तव्यमा द्वन्द्धका कारण धेरैवटा गोलीगठ्ठाहरु चीनभित्र छिरेको र अज्ञात संख्यामा मानिसहरु शरण खोज्दै चीन छिरेको बताएको छ । चीनले द्वन्द्धरत सम्पूर्ण पक्षहरुलाई युद्ध रोक्न र अवस्था अझ जटिल हुन नदिन आग्रह गरेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु