नेयमार पिएसजीमा रहन्छन्, रियल मड्रिड जाने हल्ला निराधार

एजेन्सी । पिएसजी क्लब प्रमुख नासिर अल खिलाफीले नेयमार पिएसी क्लबमा नै रहने बताएका छन् । उनले भनेका छन्, ‘नेयमार २००० प्रतिशत नै क्लबमा रहनेछन् ।’  पछिल्लो समय नेयमार रियल मड्रिड जाने हल्ला ब्यापक चलेको थियो ।

रियलका केही खेलाडीहरुले नेयरमारलाई स्वागत गर्न समेत आफुहरु तयार रहेको बताएका थिए । गएको सिजनको सूरुवातमा नै नेयमार बार्सिलोना छोड्दै पिएसजीमा आवद्ध भएका थिए । धेरैले उक्त निर्णय रियल जानका लागि लिएको एउटा घुमाउरो बाटो भनेका थिए ।

पिएसी प्रमुखले भनेका छन्, ‘कसले भन्छ उ यहाँ बस्न सक्दैन ? कसैले भन्यो र ? नेयमारले पिएसजीसँग सम्झौता गरेको छ र उही यस क्लबमा नै रहनेछ । यसमा कुनै शंका छैन ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु