आज यी रुट प्रयोग नगर्नुहोस्, जाममा फस्नुहोला,यस्तो छ मोदीको कार्यतालिका

काठमाडौं ।  नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंबाट आज बिहान मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका छन् । बिहान ६ बजेपछि मुक्तिनाथका लागि मोदी भारतबाटै ल्याइएको विशेष हेलिकोप्टरबाट मुक्तिनाथतर्फ लागेका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथको दर्शन र पूजा गर्नुका साथै त्यहाँ नागरिक अभिनन्दन समेत ग्रहण गर्नेछन्। शुक्रबार जनकपुरधामबाट नेपाल यात्रा सुरु गरेका मोदीले यो भ्रमणलाई धार्मिक भ्रमणका रुपमा पनि चित्रित गर्न खोजेका छन्। उनले शुक्रबार जानकी मन्दिरमा १५ मिनेटभन्दा बढी समय पूजाआजा गरेका थिए।

यस्तो छ मोदीको आज (शनिबारक)को भ्रमण तालिका:

-बिहान ६ः०० मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान
-६ः२० मुक्तिनाथ प्रस्थान
-७ः५० मुक्तिनाथ दर्शन
-८ः३० मुक्तिनाथबाट हेलिकप्टरमा जोमसोम प्रस्थान
-८ः५० जोमसोम अवरण
-९ः०० जोमसोमबाट काठमाडौं प्रस्थान
-१०ः२० काठमाडौं अवतरण
-१०ः३० विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान
-११ः३० होटल हायात प्रस्थान
-१२ः५० हायातमा लन्च
-२ः००-२ः३० नोपलका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग भेटवार्ता
-२ः३० महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान
-२ः४५-३ः३० नागरिक अभिनन्दन
-३ः४५ नयाँ बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान
-४ः०० नयाँ दिल्ली

Comments

comments

सम्बन्धित शिर्षकहरु