छायांकनकै क्रममा अक्षय कुमारको फिल्म ‘केसरी’मा आगजनी, बीमा कम्पनीले क्षतिपूर्ति दिन मानेन

एजेन्सी । अक्षय कुमारको नयाँ फिल्म ‘केसरी’को सेटमा आगजनी भएको छ । केही दिनअघि भारतको महाराष्ट्रमा छायाँकंन चलिरहेको अवस्थामा भिषण आगलागी भएको हो । फिल्ममा युद्धको दृष्य छायाँकंन गर्ने क्रममा सेटमा कयौं पटाका जम्मा गरेर राखिएको थियो । त्यस दृष्यको छायाँकंन गर्ने क्रममा आगलागी भएको थियो ।

आगलागीका कारण सेट पूर्णरुपमा जलेर नष्ट भएपछि फिल्मका उत्पादकलाई भने आर्थिक क्षति भएको छ । फिल्म यूनिटका सदस्यहरु भने सबै सुरक्षित रहेका छन् । त्यो घटना घट्नुअघि नै अभिनेता अक्षय कुमार आफ्नोे काम सकेर सेटबाट बाहिर निस्किसकेका थिए ।

यस फिल्ममा अभिनेत्री परिणीति चोपडा अक्षय कुमारको जोडी बनेकी छिन् । केही समय अगाडि अक्षय कुमारले फिल्ममा रहेको उनको लुक सार्वजनिक गरेका थिए । आगलागी भएको २ हप्तापछि क्षतिको विवरण आयो । आगलागीका कारण फिल्म निर्माण यूनिटलाई करिब १८ करोडको क्षति भएको छ । फिल्मको छायाँकनको अन्तिम चरणमा पुगेका कारण बढी क्षति भएको हो ।

तर बीमा कम्पनीले भने सेटमा आगलागी हुनुलाई दुर्घटना मान्न तयार छैन । कम्पनीले यसमा घटना फिल्म युनिटको लापर्वाहीले भएको बताएको छ । केसरी फिल्मको निर्माण करण जोहर तथा अभिनेत्री तथा अक्षयकी श्रीमती ट्विंकल खन्नाले गरिरहेकी थिइन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु