यसरी बित्नेछन् भारतीय प्रधानमन्त्री मोदीको नेपाल यात्रा(तालिका सहित)

काठमाडौं ।  शुक्रबारदेखि हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि विगतमा भन्दा यस पटक धेरै सर्तकता अपनाइएको छ। विगतमा भन्दा धेरै कार्यक्रम रहेको र यस पटक नेपालमा भारतविरोधी भावना बढेकाले सुरक्षा अवस्था थप बलियो बनाइएको छ।

पटनाबाट सैनिक हेलिकोप्टरमा जनकपुर हुँदै नेपाल आउन लागेका मोदीले नेपालमा करिब ३० घन्टा बिताउनेछन्।

परराष्ट्र मन्त्रालय र प्रहरीबाट प्राप्त विवरण अनुसार यसरी बित्नेछ नेपालमा मोदीका ३० घन्टा–

बैशाख २८ गते शुक्रबार-

बिहान ९:१५ बजे– हेलिकोप्टरबाट जनकपुरमा अवतरण।

९:३०– जानकी मन्दिरमा पूजा।

१०:१५– बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन।

१:३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान।

४:००– गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान।

४:३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।

५:००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।

६:००– महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।

बैशाख २९ गते शनिबार-

बिहान ६:००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान।

८:३०– मुक्तिनाथमा पूजा।

१०:३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता।

१०:४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान।

११:३०– होटल हायात प्रस्थान।

२:००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान।

३:३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान।
-नेपाल लाईभ

Comments

comments

सम्बन्धित शिर्षकहरु