आध्यात्मिक रूपान्तरणका लागि घरबार त्यागेर जोगी बन्नुपर्दैन

अध्यात्मबिना विज्ञान लंगडो हुन्छ, विज्ञानबिना अध्यात्म अन्धो हुन्छ,’ प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले करिब सय वर्षअघि नै अध्यात्मलाई जीवनको अभिन्न अंगका रूपमा चित्रण गरेका थिए । विज्ञान र अध्यात्मलाई एकअर्काका पूरक ठान्ने आइन्सटाइनको अभिव्यक्तिले त्यसबेला वैज्ञानिक वृत्तमा तरंग सिर्जना ग¥यो । कतिपय वैज्ञानिकले उनलाई पुरातनपन्थीको आरोपसमेत लगाए । वैज्ञानिकहरूले भौतिकवादलाई मात्र अंगीकार गर्नुपर्छ भन्ने त्यसबेलाको मान्यताभन्दा एक कदम अघि बढेर उनले अध्यात्मबारे ओजपूर्ण विचार प्रस्तुत गरे ।

‘सापेक्षतावादको सिद्धान्त’ का प्रणेता यी महान् वैज्ञानिक निर्धक्कसाथ भन्ने गर्थे, ‘वैज्ञानिक खोजले मात्र जीवन र जगतका सम्पूर्ण रहस्य खोतल्न सक्दैन, विज्ञानभन्दा पनि पर अर्को वृहत् पाटो छ, जसले मानिसलाई गहनतम खोजमा लाग्न अभिप्रेरित गर्छ ।’ यस धर्तीमा ७६ वर्ष बिताएर विश्वभर ख्याति कमाएका उनी आफ्नो जीवनकालमा आफूले गरेका व्यापक खोज र अनुसन्धानबाट पनि पूर्ण सन्तुष्ट थिएनन्, उनी नजानिँदो तरिकाले अध्यात्मतर्फ ढल्किएका थिए । ‘यदि पुनर्जन्मको मान्यता वास्तविकरूपमा सही हो र मैले फेरि जन्मनुप¥यो भने अहिलेको जुनीमा रहेको वैज्ञानिकको सट्टा ‘सामान्य मानिस’का रूपमा जन्मिनु परोस्, ताकि मानव जीवन र जगतको खोजमा यथेष्ठ समय व्यतीत गर्न सकियोस्,’ उनले आफ्नो ‘दिव्य चाहना’ व्यक्त गरेका छन् ।

आइन्सटनदेखि हिंग्स बोसन अर्थात् ‘गड पार्टीकल’ जस्तो उच्चतम तत्वका आविष्कारक अहिलेका चर्चित वैज्ञानिक पिटर हिंग्ससम्म आइपुग्दा उनीहरूले अध्यात्मका मूल मर्मलाई कुनै न कुनै रूपमा आत्मसात गरेका पाइन्छन् । दार्शकिहरूले भन्दै आएका छन्– अध्यात्म मानव जीवनमा गरिने खोजहरूमध्ये साँच्चिकै उच्चतम खोज हो, यसलाई गहन उपलब्धि पनि मान्ने गरिन्छ । जब मानिस पूर्णरूपले आध्यात्मिक हुन्छ, तब उसले सम्पूर्ण सीमाबाट माथि उठेर मानव जीवनको रहस्य बुझ्छ ।

भौतिक गुजाराका लागि मानिसले साहित्य, राजनीतिशास्त्र, अर्थशास्त्र, पत्रकारिता, मनोविज्ञान, समाजशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्रलगायत विषय अध्ययन गर्छन् । यसैगरी, समाजवाद, साम्यवाद, पुँजीवाद, उदारवादलगायत विभिन्न सिद्धान्त अद्योपान्त पढ्छन् । यति पढिसक्दा पनि उनीहरूमा जिज्ञासाको हुटहुटीले छाड्दैन, बुद्धिवर्गतले भ्याएसम्म नयाँ कुरा खोज्ने व्रmम चलिरहन्छ ।

बाहिरको खोजले भित्रबाट उठान भएका प्रश्नको उत्तर सितिमिति नमिलेपछि जुनसुकै पेसा–व्यवसाय भए पनि आखिर आध्यात्मिक यात्रामा सरिक हुनुको विकल्प हुँदैन । पेसा–व्यवसायका व्रmममा जतिसुकै दौडे पनि आखिर अन्तर्यात्रा आफैंले गर्ने हो, अध्यात्मले मात्र त्यसको मार्गप्रशस्त गरिदिन्छ ।

मानिसलाई विभिन्न जिज्ञासाले आध्यात्मिक यात्रामा डो¥याइरहेको हुन्छ, अध्यात्मले आकर्षित गरिरहेको हुन्छ । प्रारम्भमा एउटा जिज्ञासाले अर्को जिज्ञासा थप्छ, फेरि अर्कोले अर्को जिज्ञासा । यसरी जिज्ञासा व्रmमिकरूपमा बढ्दै जान्छ । पछि यस्तो गहिरो जिज्ञासा आउँछ, जसलाई ‘मुमुक्षा’ भनिन्छ । ‘मुमुक्षा’ जागेपछि मानिसले ‘म को हूँ ?’ भन्ने प्रश्न आफूसँगै गर्न थाल्छ । उसले आफूलाई प्रश्न गर्न थाल्छ, ‘मैले यति धेरै अध्ययन गरिसकेँ, मैले यतिविधि सूचना प्राप्त गरिसकेँ, यति धेरै मानिसलाई भेटिसकेँ, यति धेरैलाई चिनिसकेँ, यति धेरै कुरा गरिसकेँ । आखिर के प्राप्त भयो त ? जीवनमा शान्ति, आनन्द र प्रसन्नता केही छैन । प्रेमपूर्ण स्थिति छैन, प्रफुल्लता छैन, स्थिरता छैन । साँच्चिकै भन्नुपर्दा अद्वितीयताको अनुभूति पनि छैन । के जीवन यति मात्र हो ?’ जीवन यतिमात्र पक्कै होइन । जीवनको आयाम योभन्दा केही बढी पनि छ । यसको गहिराइ हामीले जाने÷बुझेको, सूचनाको दुनियाँ र किताबी ज्ञानले दिएकोभन्दा बढी छ । यसका लागि मानिसले आफूलाई पढ्नुपर्छ अर्थात् बाहिरी किताब मात्र होइन, जीवनरूपी किताब पनि पढ्नुपर्छ ।

खोजको व्रmममा विभिन्न विभिन्न धार्मिकस्थल, विभिन्न आश्रमको यात्रा तथा विभिन्न गुरुहरूसँगको भेटघाट यससँग जोडिएर आउने शृंखला हो । यस सिलसिलामा धर्मदर्शन, योग, ध्यान, अध्यात्म, ब्रह्मज्ञान आदिबारे सैद्धान्तिक चर्चा हुन्छ । यसबाट केही सुन्ने तथा बुझ्ने अवसर प्राप्त हुन्छ र त्यहाँ पनि सूचनाकै अर्को तह मात्रै खडा हुन्छ । यसले पनि जिज्ञासाको पूर्ण समाधान दिँदैन । कुनै पनि व्यक्तिले जब योग, प्राणायाम, ध्यान जस्ता अध्यात्मका प्रयोगात्मक पक्षलाई अवलम्बन गर्न थाल्छ । केही महिनाको साधनापछि विस्तारै उसले शरीर, संवदेना, श्वास, विचार र भावको स्थितिको अनुभव गर्न थाल्छ । भावातीत हुने स्थिति धेरै माथिको कुरा हो तर असम्भव भने होइन ।

यो अनुभूतिमा कुनै सीमा हुँदैन, कुनै द्वन्द्व हुँदैन र कुनै द्वैतावस्था पनि हुँदैन । उसले यो अनुभूति प्राप्त गर्न थालेपछि अध्यात्मको सागरमा डुुबुल्की मार्न थाल्छ । ऊ मान्छेभित्र आत्मा रहेछ, त्यसलाई जगाउने परमवैज्ञानिक पद्धति (सुपर साइन्टिफिक टेक्नोलोजी) भनेको योग, ध्यान र प्राणायाम रहेछ भन्ने निचोडमा पुग्छ । परिवार, समाज, राष्ट्र, धर्म, राजनीति, सभ्यता, संस्कृति, मन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, गुम्बा आदिभन्दा माथि रहेको एउटै चीज अध्यात्म हो रहेछ भन्नेमा कुनै द्विविधा हुँदैन । स्वामी ब्रह्मश्री मित्र भन्नुहुन्छ, ‘अध्यात्म समाधिको अनुभूति हो जहाँ सबै समस्याको समाधान हुन्छ । त्यो अवस्थामा जन्म, जीवन र मृत्युको अतिरेक मान्छेले देख्न थाल्छ । अन्य प्रविधिबाट खोज्दा नआएको प्रश्नको उत्तर यसबाट मिल्छ, त्यही भएर फलामले चुम्बक तानेझैं पात्रता पुगेको जोसुकै मानिसलाई अध्यात्मले तान्छ ।’

ब्रह्मश्रीका अनुसार प्रत्येक मान्छेको आत्मा जबसम्म मुक्त हुँदैन, पूर्णरूपमा स्वतन्त्र हुँदैन, सम्पूर्ण सीमाहरूको अतिरेकमा आत्मा पुग्दैन, तबसम्म रोकिनेवाला छैन । बुद्धको जन्म रातारात हुँदैन, शिवपुरी बाबा, रामकृष्ण परमहंस, स्वामी विवेकानन्द, रमण महर्षि, परमहंस योगानन्द, ओशोलगायत अन्य उच्चतम व्यक्तित्वहरू यो धर्तीमा अवतरण हुनु सामान्य घटना–परिघटना होइन ।

अहिले संसारमा ७० प्रतिशतभन्दा बढी रोगको कारक ‘अशान्त मन’ रहेको वैज्ञानिक खोजले देखाएको छ । सानो–ठूलो, शिक्षित–अशिक्षित, धनी–गरीब, सफलता–असफलता जस्ता विषयवस्तुको सेरोफेरोमा मनमा द्वन्द्व चल्छ, त्यसपछि मन अशान्त हुन्छ अनि विक्षिप्त पनि हुन्छ । अहिलेको भौतिक दुनियाँमा अधिकांश मानिस बेचैन हुुनुको मुख्य कारण पनि यही हो । योग, ध्यानको सही अभ्यासले मानिस व्रmमिकरूपमा निद्र्वन्द्व हुँदै जान्छ ।

महत्वपूर्ण कुरा आध्यात्मिक जीवनशैली हो जसले कुनै व्यक्तिको समुचित शारीरिक तथा मानसिक विकासका साथै ऊ परम चैतन्यकोे बाटोमा अघि बढ्छ । त्यसपछि उसलाई ‘सुपेरिटी कम्प्लेक्स’ र ‘इन्फेरिटी कम्प्लेक्स’ भन्दा पर मनातित स्थिति प्राप्त हुन्छ अनि अनन्ततर्फको परमानन्दित यात्री बन्छ ऊ ।

कुनै विधा, विचार, सिद्धान्त र दर्शनको एउटा सीमा छ तर मानिसको जीवन असीम छ । मानिसले आत्मारूपी ‘रियल सेल्फ’ र मनरूपी ‘अनरियल सेल्फ’ को बारेमा बुझ्न जरुरी छ । मनका सीमाहरू छन्, सीमामा बन्धन हुन्छ । सीमाबाट बाहिर निस्केपछि मात्र मान्छेले समाधिको स्थिति प्राप्त गर्न सक्छ तबमात्र मानिसले साँचो अर्थमा आनन्द प्राप्त गरेको अनुभूति हुन सक्छ । म को हुँ ? म कहाँबाट आएँ ? म किन जिइरहेको छु ? किन शरीर छाड्छु ? भन्ने कुराको ज्ञान हुन्छ । त्यसैले मान्छेको मुख्य कर्म आफूलाई आध्यात्मिक मार्गमा रूपान्तरण गर्नु हो ।’

आध्यात्मिक रूपान्तरणका लागि घरबार त्यागेर जोगी बन्नुपर्छ भन्ने मान्यता सही होइन । व्यापार, खेती, जागिर, शिक्षण, पत्रकारिता, राजनीति आदि काम साथसाथै गरेर पनि आध्यात्मिक यात्रा जारी राख्न सकिन्छ । अध्यात्मलाई जीवनबाट अलग बनाएर हेर्नै मिल्दैन ।

पत्रकार छत्र कार्कीको विश्लेषण/सरल पत्रिका

Comments

comments

सम्बन्धित शिर्षकहरु