कति बज्यो भनेर सोधम कि ? सुनिरहौं लाग्ने ईश्वर पोखरेलको यो गित धेरैले मन पराए:

महेश्वर शर्मा

 

अष्ट्रेलियामा बस्दै आएका गायक ईश्वर पोखरेलको चर्चित गित “कति बज्यो भनेर सोधम कि?” सार्बजनिक भएको छ।

कति बज्यो भनेर सोधम कि ?
घर कहाँ पर्‍यो भनेर सोधम कि ?
नाम ठेगाना थाहा छैन,
बोल्ने निहुँ पाछैन
परे रनभुल
अप्ठ्यारोमा फूल्यो बरै मन परेको फूल
अप्ठ्यारोमा फूल्दो रैछ मन परेको फूल।

यी मिठा शब्दहरु एकनारायण भण्डारीले लेखेका हुन र संगित पनि उनैको रहेको छ। गायक ईश्वर पोखरेलले यी मिठा शब्दहरुमा आफ्नो स्वर भरेका छन। सुनिरहौं लाग्ने ईश्वर पोखरेलको सो  गित धेरैले मन पराए। निकेश खड्काले निर्देशन गरेको सो गीतको म्युजिक भिडियोलाई बुद्ध थापाको छायाँकन र रिकेश खड्काले सम्पादन गरेका छन भने आकाश श्रेष्ठ र वर्षा शिवाकोटीले अभिनय गरेका छन् ।


सांगितीक यात्रामा समर्पित गायक पोखरेलले अष्ट्रेलियामा रहंदा विभिन्न सांगितिक कार्यक्रमहरुमा सक्रिय सहभागिता सहित आफ्नो जोडदार प्रस्तुती दिंदै आएका छन। सामाजिक तथा परोपकारी कार्यमा उत्तिकै सक्रिय रहने गायक पोखरेलले दुई दर्जन भन्दा बढि गीत गाएका छन भने दुई वटा एकल एल्बम निकालेका छन ।उनका ‘‘रातो रीबन’, ‘काली मोरी’, मैले झैँ मर्ने बारे सोँच्छेउ होला’, जस्ता गीतहरु चर्चित रहेका छन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु