३३ केजी सुन प्रकरण: ७ प्रहरी अधिकृतसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । ३३ केजी सुन प्रकरणमा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बनाएर पूर्व डिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ।बुधबार छानविनका लागि हिरासतमा रहेका २८ र अन्य ३५ फरार अभियुक्तविरुद्ध मुद्दा दर्ता भएको मोरङ जिल्ला अदालतले जनाएको छ । कर्तव्य ज्यान र संगठित अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको गरिएको छ ।

सरकारी वकिलको कार्यालयले १६३ पेजको अभियोगपत्र बनाएको छ। मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो दावी गरिएको छ । पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, सञ्जय राउत, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, जवान विष्णु खड्कासहित सुन व्यापारी, विमान कम्पनीका कर्मचारीलाई प्रतिवादी बनाइएको छ।

विमानस्थलका कर्मचारीहरू लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू, व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङ, मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, मोहन घिमिरेलाई कर्तव्य ज्यान र संगठित अपराध मुद्दा चलाएको मोरङ प्रहरीले जानकारी दिएको छ । घटनाका मुख्य अभियुक्त ‘गोरे’, एसएसपी श्याम खत्री लगायत फरार रहेका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु