पानीजहाज नचल्दै जलमार्गमा हड्ताल निषेध

काठमाडाैँ । सरकारले १८ वटा सेवालाई ‘अत्यावश्यक सेवा’को सूचीमा राख्दै ती सेवामा बन्द, हड्ताल गर्न निषेध गरेको छ । गृह मन्त्रालयले वैशाख ११ को मितिमा राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो निषेध गरेको हो।

राजपत्रमा प्रकाशित सूचनाअनुसार पानीजहाज र रेलमार्ग समेत अवरुद्ध गर्न निषेध गरिएको छ। नेपालमा जलमार्ग र रेलसेवा सञ्चालनको चर्चा भइरहेका बेला ती सेवा हड्ताल गर्न अग्रिम बन्देज लगाएको हो।

डाक, तार, टेलिफोन सेवा पनि अवरोध गर्न नपाइने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ। यसैगरी विमानस्थल सञ्चालन वा हेरचाह गर्ने काम अवरुद्ध गर्न सरकारले निषेध गरेको छ।

हवाई ग्राउन्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने सेवा पनि अवरोध गर्न पाइने छैन। विस्तृतमा हेर्नुहाेस् कुन कुन क्षेत्रमा भयाे हड्ताल निषेध:

 

Comments

comments

सम्बन्धित शिर्षकहरु