कपिल सुधार केन्द्रमा !

एजेन्सी । चर्चित कमेडियर शो ‘द कपिल शर्मा शो’का कारण निकै चै चर्चा बटुल्न सफल कपिल शर्मा एकाएक हराएका छन् । सोनी टिभीबाट प्रशारित हुने उक्त कार्यक्रमका कारण कपिलले कमेडिमा निकै समय राज गरेका थिए । उनी निकै सफल पनि भएका थिए । तर उनको सफलतामा विस्तारै असफलतामा परिणत हुँदै गयो ।

सहकर्मीहरुले उनको शो तथा उनीसँग नाता तोड्दै जान, कार्यक्रमका लागि बोलाइएको अतिथिहरुले कार्यक्रममा उपस्थित हुन नमान्नु अन्नत उक्त कार्यक्रम ‘द कपिल शर्मा शो’ नै बन्द हुन पुग्यो ।

‘द कपिल शर्मा शो’ बन्द हुनुको मुख्य कारण भनेको उनी कपिल शर्मा नै थिए । उनले सहकर्मीहरुसँग गरेको दुव्र्यवहार, अतिथिहरुलाई घण्टौ कुराउने जस्ता क्रियाकलापले त्यसको अन्तिम निचोड भनेको कार्यक्रम नै बन्द हुनु पुगेको सोही कार्यक्रमका एक पात्र डा. गुलाटी अर्थात सुनिल ग्रोवरले बताएका हुन् ।

केही समय कार्यक्रम एक्लै चलाउने कोशिस पनि नगरेका भने होइनन् कपिलले तर सकेनन् । उक्त कार्यक्रम बन्द भएको केही समयपछि नयाँ टीभी शो ‘फ्यामिली टाइम विद कपिल शर्मा’ सार्वजनिक गरे । तर त्यसले खासै चर्चा भने बटुल्न सकेन । हाल कपिल एकाएक हराएका छन् ।

कपिलको मानसिक अवस्था र उनको रक्सी पिउने बानीका कारण कयौं घटनाहरु सार्वजनिक भइसकेका छन् । गत वर्षदेखि त झन कपिलका यस्ता घटनाहरु सुन्नमा सामान्य पनि बनिसकेका छन् ।

केही समय अगाडि एक अनलाईनका सम्पादक विकी लालवानीसँग पनि मदिराको नशामा कपिलले अभद्र भाषाको प्रयोग गरेका थिए । यो विषयमा कपिलले आफ्ना पूर्व मेनेजर नीति र प्रीतिमाथि आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएर आफ्नो भनाइ पनि सार्वजनिक गरेका छन् । सो घटनापछि नीतिले ट्विटमार्फत स्पष्टिकरण दिँदै कपिलमा मानसिक समस्या देखिएको र उनको रक्सी पिउने बानी रहेको दाबी गरेकी थिइन् ।

बलिउडमा शाहरुख खानसँगको झगडापछि ¥याप किंग हनी सिंहलाई डिप्रेशन भएको थियो । बलिउडबाट अचानक गायम भएका हलि लामो समयपछि रिह्याब सेन्टरमा उपचार गराइरहेको अवस्थामा समाचार सार्वजनिक भएको थियो । त्यस्तै शपिल शर्मा पनि एक्कासी यसरी गायव भएका छन् । कारण उनमा डिप्रेसन भएको रिह्याब सेन्टरमा उपचार गराइरहेको समाचार सार्वजनिक भएको छ।

भारतीय संचारमाध्यमले कपिलसँग सम्पर्क गर्ने कोशिश गरेपनि उनको फोन अफ गरिएको छ । यतिबेला कपिल कसैसँग पनि कुरा गर्ने अवस्थामा छैनन् । कपिलका टीमका एक सदस्यका अनुसार कपिल अहिले छुट्टी मनाइरहेका छन् र उनी यतिबेला यात्रामा छन् ।

तर कपिल मुम्बई भन्दा बाहिर कुनै रिह्याब सेन्टरमा उपचार गराइरहेको हुनसक्ने स्रोतको दावी छ । हुनत यो समाचारको आधिकारिक पुष्टि भनेको भएको छैन, तर यसै विषयमा कुराकानी गर्दा कपिलका टीमका सदस्यले भने कपिल छुट्टी मनाउन बाहिर गएकोसम्म बताएका छन् ।

कपिल छुट्टी मनाउन जाउन या त रियाद सेन्टरमा । तर कपिल जहाँ गए पनि उनले आफ्नो गलत प्रवृत्तिलाई त्यागेर पुनः कमेडिमा नै स्थापित भइदिए हुन्थ्यो भन्ने कपिल प्रेमी दर्शकहरुको चाहना रहेको छ ।

सम्बन्धित शिर्षकहरु