कोल्सबाट अायातित जमाइएको अनार ‘हेपाटाइटिज ए’ को प्रकोपसँग जोडीयो

सिड्नी । अस्ट्रेलियन सुपरमार्केट कोलस्बाट अायत गरीएको जमाइएका अनारको सेवन नगर्न एन एस डब्ल्यु हेल्थले सम्पुर्ण उपभोक्ताहरूलार्इ अाव्हान गरेकाे गरेको छ । कोल्सबाट बेचिएका जमाइएको अनार फैलँदो हेपाटाइटीस ए को महामारीसँग जोडीन गएका कारण एनएसडब्लु हेल्थले एक विज्ञप्ति मार्फत यस्तो अाव्हान गरेको हो ।

हालै एनएसडब्लु हेल्थले हेपाटाइटिज ए संक्रमीत स्थानीय सातजना फेला पारेको छ जसमा सबैले कोल्सबाट अायातित अनार खाएको देखिएको छ । अन्य राज्य तथा प्रदेशहरूसँग सहकार्य गर्दै एनएसडब्लु हेल्थले अन्य ठाउँमा पनि यस्तो स्क्रमण भएको नभएको बारे अध्ययन गरीरहेको छ । यो संक्रमण अणुवंशीक रूप ‘वन बी’ का कारण फैलिएको जानकारी प्राप्त भएको छ ।

एनएसडब्लु हेल्थ सरूवा रोगका निर्देशक डा.विक्कि शेपहर्डका अनुशार संक्रमण कोल्सकै अनारमा भए-नभएको निश्चित गर्न एनएसडब्लु हेल्थले एनएसडब्लु फुड प्राधीकरणसँग काम गरीरहेको बताएका छन् ।

हेपाटाइटिज एको संक्रमण देखिन १५ देखि ५० दिन लाग्दछ । यो रोग दुषीत खाना तथा खराब स्वच्छतामा पार्इने भाइरसका कारण लाग्ने डा.शेपहर्ड बताउँछन् । वाकवाकी लाग्ने, बान्ता हुनु, ज्वरो अाउनु, छाला पहेंलो हुनु, गाढा पीशाब र फिक्का दिशा अाउनु अादि यसका लक्षणहरू हुन् ।

प्राय मानिसमा समान्य उपचार तथा अाराम र तरल खानेकुरा खानाले यो भाइरस केहि हप्तामै पनि हराएर जाने गरेको पाइएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु