आगलागीमा परी पाँच घर ध्वस्त, १० लाख बराबरको क्षति

सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–१२ स्थित अर्नाहामा आगलागी हुँदा १० लाखको क्षति भएको छ।

स्थानीय गुलाब साहको गाई गोठमा बालिएको घुरबाट अचानक सल्केको आगोले साहको दुई घर, छिमेकी मोह्मद हेदर, मोहमद अव्दुल र मोहमद नजीरको एक/एक वटा गरी पाँच वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद जिन्सी गरी १० लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको प्रहरीले जनाएको छ। आगोलाई स्थानीयवासी, प्रहरी र राजविराज नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु