राजनीतिबाट टाढै हुनेछु, अभिनयमा पनि जादिनँः मिस नेपाल खतिवडा

हेटौंडा । मिस नेपाल भएपछि अभिनय तथा मोडलिङमै रमाउने परिपाटी छ । तर मिस नेपाल–२०१८ की श्रृंखला खतिवडाले फिल्न क्षेत्रमा नजाने र राजनीतिबाट पनि टाढै रहने बताएकी छिन् ।

मिस नेपाल भएपछि पहिलो पटक गृहनगर हेटौंडा श्रृंखलाले संचारकर्मीहरुसँग कुराकानी गर्दै आफूलाइ राम्रोसँग नाच्न पनि नआउने मोडलिङ क्षेत्रमा नजाने बताएकी हुन् । त्यस्तै राजनीतिक पारिवारिक पृष्ठभूमिबाट आएकी हुनाले श्रृंखलालाई धेरैले राजनीतिक क्षेत्रमा पो जाने हुन् कि भन्ने जिज्ञासा पनि उनले मेटाइदिएकी छिन् । श्रृंखला आर्किटेक्टको विद्यार्थी भएकाले त्यही पेशामै अघि बढ्ने सोचमा रहेको उनले बताइन् । यसअघिका मिस नेपालभन्दा आफ्नो पृष्ठभूमि फरक रहेको उनले बताइन् ।

हजुरबुवा, बुवा र आमा नै सक्रिय राजनीतिमा रहे पनि आफू त्यसतर्फ नलाग्ने खतिवडाले स्पष्ट पारिन् । उनका बुवा विरोध खतिवडा प्रतिनिधिसभा र आमा मुनु सिग्देल प्रदेशसभा सदस्य हुन् ।

मिस वल्र्डको ताज पहिरिने विश्वास दिलाउँदै उनले अबको लक्ष्य भनेकै मिस वल्र्डको ताज पहिरिने रहेको बताइन् । हाल त्यसैको तयारीमा जुटिरहेको उनले बताइन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु