राप्रपाका सबै धारहरुलाई एक हुन पशुपतिको अपिल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर जवराले सबै राप्रपा धारहरुलाई एउटा शसक्त राष्ट्रवादी अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।

सोमबार पत्रकार सम्मेलन गरी गत आम निर्वाचनपछि पार्टीको अवस्था र मुलुकको स्थितिलाई मध्यनजर गर्दै पार्टीलाई मजबुत र फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको भन्दै उनले सो आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिअनुसार चुनावपछि वर्तमान सरकारप्रति जनताले गरेको उत्साह सोचेअनुरुप अगाडि बढ्न नसकेको गुनासो गर्दै उनले प्रधानमन्त्री आफू शक्तिशाली बन्न खोजेको आरोप लगाएका छन् । तापनि सरकारको समिक्षा गरिहाल्ने बेला नभएको उनले बताएका छन् ।

उनले शक्ति संचय गर्नभन्दा पनि मुलुकको मुहार फेर्नुतर्फ लाग्न प्रधानमन्त्रीलाई आग्रह गर्दै देशविकासको सकारात्मक कार्यमा आफूहरुको सदेव सहयोग रहने बताएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु