पार्टी एकताको लागि आज पनि अध्यक्ष तहमा छलफल हुँदै

काठमाडौं । एमाले र माओवादीको पार्टी एकताका विषयमा आज पनि अध्यक्ष तहमा छलफल हुँदैछ । पार्टी एकताको नयाँ खाका, मिति र विवादका विषय समाधान गर्न बैठक बस्न लागेको हो ।

दुई अध्यक्षसहित स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र, महानगर, नगर वा गाउँ कमिटी, वडा कमिटी, प्रारम्भिक कमिटी रहनेगरी सहमति भइसकेको छ ।

केही प्राविधकिक विषयमा विवाद रहेको बाहिर आएपनि नेताहरुको पद मिलाउन र पार्टीको हैसियतका विषयमा मुख्य छलफल भइरहेको छ । केन्द्रीय कमिटीमा बराबरीको सहभागिता चाहिनेमा माओवादीले अडान छाडेको छ । अब बन्ने एकीकृत पार्टीको केन्द्रीय कमिटीले नेताहरुको बरियताका विषयमा सहमति गर्नेगरि दुई अध्यक्षसहितको खाका तयार भएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आज दुई अध्यक्षबीच छलफल भएपछि आफ्नो पार्टी तहमा पनि अनौपचारिक छलफल गर्ने सहमति भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु