यसरी जोगिए गोपाल पराजुली,दर्ता भएन अवहेलना मुद्धा

काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता नहुने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको इजलासले सर्वोच्च प्रशासनको प्रतिवेदनलाई आधार मान्दै अवहेलना मुद्दा चलाउनुपर्ने प्रमाण फेला नपरेको आदेश गरेको हो।

सर्वोच्च प्रशासनले यसअघि दरपीठ गरेको आदेश कानुनसम्मत नै भएको ठहर समेत इजलासले गरेको छ। उमेरहदका कारण गत साउनमै पदावधि सकिएपछि पनि पदमा बसेको भनी न्याय परिषद्को अवकाशपत्रपछि पराजुलीले चैत १ गते राजीनामा दिएका थिए।

पराजुलीले सर्वोच्चको नेतृत्वमा रहेर न्यायपालिकाको अधिकार दुरुपयोग गरी अदालतको अवहेलना गरेको जिकिर गर्दै मनोज अधिकारीले फागुन १५ मा निवेदन दर्ता गराएका थिए। उक्त निवेदनलाई सर्वोच्च प्रशासनले गरेको दरपीठ बदर भई बयानमा बोलाउनुपर्ने माग गरिएको थियो। सर्वोच्चले पराजुली विरुद्ध अवहेलना मुद्दा चलाउनु नपर्ने निर्णय गरेपछि पराजुलीलाई राहत मिलेको छ।

सम्बन्धित शिर्षकहरु