अष्ट्रेलिया आउने विदेशीहरुको संख्या बढ्दो,नेपालबाट आउनेको संख्या कति ?

अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले अष्ट्रेलियामा पढ्न आउने विदेशीहरुको संख्या सार्वजनिक गरेको छ । सार्वजनिक गरेको डाटा अनुसार ४ महिनामा ५ लाख ९ हजार भन्दा धेरै विद्यार्थीहरु अष्ट्रेलियामा भित्रिएका जनाईएको छ । सन् २०१८ मा हालसम्म गत वर्ष यसै समयमा निकालिएको डाटामा आएको संख्याभन्दा १२ प्रतिशतले बढी रहेको छ ।

गत वर्ष जस्तै यस वर्ष पनि चीनबाट सबैभन्दा धेरै विद्यार्थी आएका छन् । २०१८ मा आएका सबै विद्यार्थी मध्ये चीनबाट आउने ३१ प्रतिशत छन् । त्यस्तै, भारतबाट १२ प्रतिशत र नेपालबाट ५ प्रतिशत रहेका छन् ।

भर्ना भएका विद्यार्थीमा अघिल्लो वर्षभन्दा नेपाली विद्यार्थीको संख्या ५४ प्रतिशतले बढेको बताइएको छ । कोलम्बियाका २९ प्रतिशत, ब्राजिलका २७ प्रतिशत, भारतका १७ प्रतिशत र चीनका १६ प्रतिशत विद्यार्थी बढेका छन् ।

विद्यार्थीको संख्यामा वृद्धि भए संगै अन्तर्राष्ट्रिय विद्यार्थी बजार पनि २०१६ पछि २२ प्रतिशतले बढेको छ । बजार मूल्य बढेर अहिले ३२।२ बिलियन डलर पुगेको छ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु