सासंदलाई मुद्दा लागे स्वतः निलम्बन, कारवाही भए नयाँ निर्वाचन

काठमाडौं । प्रतिनिधिसभा नियमवाली बन्ने क्रममा रहेको छ । एमालेका सासंद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले काम गरिरहेको छ । संयोजक पोखरेलले फौजदारी अभियोगमा कुनै पनि सासंदलाई मुद्दा लागेमा, पुर्पक्षका लागि थुनामा राखिएमा उक्त सासंदको पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्न लागिएको जानकारी दिएका छन् ।

रिपोर्टस क्लब नेपालले मंगलबार गरेको साक्षात्कार कार्यक्रममा संयोजक पोखरेलले विगतमा मुद्दा लागि सकेर जेलमै रहे पनि ससंद पद रहिरहने व्यवस्था भएपनि अबका दिनमा मुद्दा सम्बन्धमा अन्तिम फैसला नभएसम्म निलम्बन हुने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

फैसलाले सासंद निर्दोष ठहरिए निलम्बन फुकुवा हुने र दोषी ठहरिए पदमुक्त हुने व्यवस्था गर्न लागिएको पोखरेलले बताए । कुनै सासंद पदमुक्त भएको खण्डमा उक्त निर्वाचन क्षेत्रमा पुनःनिर्वाचन गराएर संसद पदपूर्ति गर्ने व्यवस्था नियमावलीले गर्ने उनको भनाई छ ।

संयोजक पोखरेलले अब बन्ने नियमावलीले महिनाको दुई पटक प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर सासंदहरुले सोधेका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था गर्न लागिएको समेत बताए । ‘महिनाको दुईपटक सिधा प्रश्न प्रधानमन्त्रीसँग गर्ने व्यवस्था गर्न लागिएको छ । जवाफदेहिता बढाउनका लागि प्रधानमन्त्रीले सासंदको प्रश्नको जवाफ दिनुपर्छ’ पोखरेलले भने ।

विगतमा सासंदहरुले बोलेका कुरा रेकर्ड मात्रै हुने तर अर्थ नरहेन परिपाटी भएकाले अबकादिनमा सासंदले उठाएका प्रश्नको महत्व बढ्ने उनको भनाई छ । प्रधानमन्त्रीले मात्र नभै सासंदले विशेष र शुन्य समयमा उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्ने व्यवस्था पनिनियमावलीमा राख्न लागिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु