सेयर बजारमा बीमा समुहमा सुधारउन्मुख, नेप्से परिसूचक ३३.६१ अंकले बढ्यो

काठमाडौं । सेयर बजारमा बीमा समुहमा सुधारउन्मुख देखिदाँ नेप्से परिसूचक ३३.६१ अंकले बढेको छ । बीमा समुह ३६०.४३ अंकले बढेको छ । जसको कारण समग्र सेयर बजार नै उकालो लाग्यो । यस्तै लघुवित्त १२०.११ अंकले बढेको छ । यस्तै बीमा,माईक्रोफाइनान्स र होटल समूहमा आएको उच्च सुधारले समग्र बजारमा उकालो लागेको हो ।

सेयर बजारमा आज ९६ करोड रुपैयाँको कारोबार भएको छ । २०७४ को फागुन र चैतमा घटेको सेयर बजार २०७५ को बैशाखको सुरुवातसँगै बढेको छ । खासगरी लामो समयदेखि सेयर बजार घटेको हुँदा लगानीकर्तामा उत्साह थपिएको छ । जसको कारण सेयर बजार बढेको छ ।

मंगलबारको सेयरबजारमा कुल १६६ कम्पनीको कारोबार भएकोमा १५३ कम्पनीको सेयरमूल्य बढेको छ भने १३ कम्पनीको मात्र सेयरमूल्य घटेको छ । यसदिन १८ कम्पनीको सेयरमूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ ।

मंगलबार कारोबारमा आएका दश समूह मध्ये व्यापार बाहेक सबै सबै समूहका सूचक उकालो लागेपछि बजार दोहोरो अंकले बढेको हो । १६६ कम्पनीको कारोबार भएको बजारमा १९ लाख १० हजार कित्ता सेयर ९६ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा भन्दा ३९ करोड बढी हो । नेप्से इण्डेक्स् र कारोबार रकममा आएको समानान्तर वृद्धिले बजार सकारात्मक दिशामा जाने संकेत देखिएको छ ।

यसदिन पनि बीमा कम्पनीको सूचक सबैभन्दा धेरै ३६० अंकले बढेको छ । माइक्रोफाइनान्स समूह १२०.११ अंक, बैकिङ समूह १२.२ अंक, होटल समूह ८६.०१ अंक, विकास बैंक समूह ३५.५१ अंक, जलविद्युत समूह ४०.८२ , बित्त समूह ८.९४ अंक, उत्पादनमूलक ५४.९९ अंकले बढ्यो । अन्य समूहको २१.९९ अंकले बढ्दा व्यापार समूहको सूचक भने ५.५७ अंकले घटेको छ ।

बजारमा उच्च सुधार आउँदा धेरै कमाउने र कारोबार गर्ने कम्पनीहरुको सूचिमा मंगलबार पनि बीमा समूहकै बाहुल्यता देखिएको छ । केही माइक्रोफाइनान्स र होटल समूहका कम्पनीहरु पनि सेयरमूल्य उच्चदरले बढेको छ ।

यसदिन सूर्या लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ५ करोड ९८ लाखको कारोबार भयो । ४० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन परेकाले सूर्याको उच्च कारोबार भएको हो । नेपाल लाइफ र कुमारी बैंकको पनि तीन करोड बढीको कारोबार भयो । नागरिक लगानी कोष, लुम्बिनी जनरल इन्स्योरेन्स, फर्स्ट माइक्रो लगायतका कम्पनीको उच्च कारोबार भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु

  • एमाले स्थायी कमिटी बस्दै
    असोज ७ । काठमाडौँ,  संविधान जारीपछिको अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी […]

  • ललितकलाकर्मीहरूको हातेमालो अभियान, २०७२’ले नेपाल कला परिषद् बबरमहलमा आयोजना गरेको भूकम्पसम्बन्धी चित्र र […]

  • भक्तपुरको कमलविनायकस्थित मनोरम कमलपोखरीमा दिनहुँ घुम्न आउने पर्यटकको भीड हुने स्थानीयवासी बताउँछन […]
  • Bill Shorten taunts Tony Abbott on climate but faces boats hurdle
    July25. Bill Shorten has declared he can win an election fought on climate change whenever Tony Abbott calls […]
  • प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठकप्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
    मंसिर ६ । काठमाडौँ, मधेसमा जारी आन्दोलनका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रमुख […]
  • कोरियाको साइटमा नेपाली युवतीका सयौं नांगो भिडियो
    दक्षिण कोरियाबाट सञ्चालनमा रहेको देखिएको पोर्नसाइटमा नेपाली जोडीको नांगो भिडियो यतिखेर संसारभरका लागि […]