‘३३ किलो सुन’ तस्करी काण्डः ‘बाजेको सेकुवा’ मालिक छानबिनको घेरामा, बैंक खाता रोक्का

काठमाडौं ।‘३३ किलो सुन’ तस्करी काण्डमा ‘बाजेको सेकुवा’ रेष्टुरेन्टका सञ्चालक पनि तानिएका छन् । सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले रेष्टुरेन्टका सञ्चालक चेतन भण्डारीमाथि छानविन अघि बढाएको र उनको सम्पत्ति र बैंक खाता रोक्का राख्न पत्राचार गरेको प्रहरीले जनाएको छ ।

अन्तराष्ट्रिय विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन अहिलेसम्म प्रहरीले पनि भेट्न सकेको छैन । सुन कोसँग कहाँ छ अनुसन्धानमै छ । तर, यही सुनका कारण तीन जनाको ज्यान गइसकेको छ । सुन भरिया सनम शाक्यको मोरङमा हत्या भइसकेको छ भने अन्य दुई जनाले प्रहरी हिरासतमा आत्महत्या गरेका छन् ।

यो सुन प्रकरणका नाइके चुणामणि उप्रेती ‘गोरे’ रहेको प्रहरीको ठहर छ । प्रहरी गोरेको खोजविनमा लागेको छ । प्रहरीका अनुसार चेतन भण्डारी उनै गोरेको आफन्त रहेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु