एनआईसी एशियाको कार्ड प्रयोगमा वर्षभरी विशेष छुटको सुविधा

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई नयाँ वर्षको उपलक्ष्यमा ७५ साल भरी विशेष छुटको सुविधा दिने अफर ल्याएको छ । जसमा बैंकको आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ्ग स्टोरहरुमा सेवा–वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको ५५ देखि ५०५ सम्म छुटको सुविधा उपलब्ध गराउने भएको हो ।

२०७५ साल वैशाख १ देखि २०७५ साल चैत्र ३० सम्म उपलब्ध हुने यस सुविधाबाट ग्राहक महानुभावहरुलाई अत्याधिक लाभ पुग्ने बैंकले विश्वास लिएको छ । हाल यो सुविधा मुलुकको ३० वटा भन्दा बढी संस्था तथा ब्यापारिक केन्द्रहरुमा उपलब्ध हुनेछ भने निकट भबिष्यमा यो संख्यामा वृद्धि हुने बैंकले जनाएको छ । साथै, बैंकले मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्फत बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु