काठमाडौंको सडकमै युवतीमाथि बलात्कार प्रयास,प्रतिरोध गर्दा ढुंगाले हानेर हत्या

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा एक युवतीको बलात्कारपछि हत्या भएको छ । काठमाडौंको बसुन्धारास्थित भित्री सडकमा बलात्कार प्रयासको प्रतिरोध गर्दा एक युवतीको ज्यान गएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

टोखा नगरपालिका–७ बसुन्धारा स्थित पुरानो सुकुम्बासी टोलमा राती साँढे ९ बजे टाउकोमा गम्भिर चोट लागेको अवस्थामा एक युवतीको शव फेला परेको महानगरीय प्रहरी परिसरले जनाएको छ । हत्याको आशंकामा ४ जनालाई पक्राउ गरिएको भए पनि अहिलेसम्म युवतीको नाम र ठेगाना खुल्न सकेको छैन । प्रहरीको अनुसार मृत्यु भएकी युवती करिब २६, २७ वर्षकी रहेकी छन् ।

युवतीको शरीरको तल्लो भागको कपडा घुँडासम्म खोलिएको अवस्थामा फेला परेको हुनाले उनीमाथि बलात्कार प्रयास भएको हुनसक्ने बताइएको छ । मृतक युवतीको शव पोष्टमार्टमा लागी त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु