अब काठमाडौंमा जतापनि विरोध प्रदर्शन गर्न नपाइने,यी हुन् तोकिएको स्थान(सूचना सहित)

काठमाडौं । काठमाडौंमा अब जतापनि विरोध प्रदर्शन गर्न नपाईने भएको छ । विरोध प्रदर्शन गर्ने प्रमुख स्थानको रुपमा रहँदै आएको माइतीघर मण्डलालाई विरोध प्रदर्शन गर्न नपाईने स्थानमा राखिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षताको सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि संसद्मा राष्ट्रपतिले सम्बोधन गर्न जाने क्रममा माइतीघरमा विरोध प्रदर्शनको कार्यक्रम भएपछि रुट परिवर्तन गराइएको थियो । त्यसपछि सरकारले माइतीघरलाई निषेधित क्षेत्र तोक्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ ।

वैठकले काठमाडौंका ७ ठाउँलाई मात्र सार्वजनिक कार्यक्रम तथा प्रदर्शनस्थल तोकेको छ । वैशाख १६ गतेदेखि काठमाडौंको खुलामञ्च, तीनकुनेको खुल्ला चौर, भगवानपाउको भुईंखेलचौर, पेप्सीकोला खेलमैदान, सानो गौचरण फुटबल मैदान, लैनचौर समाजकल्याणपरिषद अगाडिको खुला स्थान र गौशालाको सिफलचौरमा मात्र विरोध प्रदर्शन गर्न पाइने उल्लेख छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु