एन्फाले शुरु गर्‍यो कानूनी परामर्श

काठमाडाैं । एएफसीको आदेशपछि अखिल नेपाल फुटवल संघ एन्फाले आजबाट कानुनी परामर्श शुरु गरेको छ । स्थगित निर्वाचन चाँडै गर्ने विषयमा एन्फाले कानुनी परामर्श शुरु गरेको हो ।

एएफसीले निर्वाचन समितिलाई स्वतन्त्रतापूर्वक काम गर्न दिन र चुनावी प्रकृया चाँडोभन्दा चाँडो थाल्न निर्देशनात्मक पत्र लेखेको थियो । आज कानूनी सल्लाहकार र निर्वाचन समितिका पदाधिकारीसँग एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले छलफल गर्ने  एन्फाका प्रवक्ता सन्जिव मिश्रले बताए ।

भक्तपुर र मकवानपुरका प्रतिनिधिको उजुरीपछि उच्च अदालत पाटनले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन नगर्न र नगराउन गत चैत ८ मा अन्तरिम आदेश दिएको थियो ।  उच्च अदालतले  १५ दिनभित्र लिखित जवाफ पेश गर्न भने पनि एन्फाले अझै लिखित पत्र बुझाएको छैन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु