लिभरपुल र चेल्सीको सानदार जित

एजेन्सी । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले एफसी बोर्नेउमाथलाई ३-० गोलले पराजित गरेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलको सातौ मिनेटमा नै साइडो मानेले गोल गर्दै अग्रता दिलाएका थिए । लिभरपुलका लागि दोस्रो गोल भने मोहमम्द सलाहले गरे । यस सिजन उच्च फर्ममा रहेका तीन खेलाडीमध्येका अर्का खेलाडी रोबर्र्टो िफरमिनोले समेत उत्कृष्ट गोल गरे ।

यो जितसँगै लिभरपुलको ३४ खेलमा ७१ अंक भएको छ । त्यस्तै गएराति नै भएको अर्को खेलमा चेल्सीले सानदार कमव्याक गर्दै साउथह्याम्टनलाई ३-२ गोलले पराजित गरेको छ । साउथह्याम्टनले दुई गोलको अग्रता बनाएपछि दोस्रो हाफमा चेल्सीले सानदार कमव्याक गरेको थियो ।

साउथह्याम्टनका लागि टाडिक र जेनले एकएक गोल गरेका थिए । चेल्सीका लागि नायक बने ओलिभर जिरोर्ड उनले दुई गोल गरे । इडिन हजार्डले एक गोल गरे । यो जितसँगै चेल्सीको ३३ खेलमा ६० अंक भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु